back
CTIZAN AD

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

वि.सं.२०८० पुस १७ मंगलवार

1.1K 

shares

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।

सभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् । पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो । कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको अनिवार्य रूपमा नक्सा पास हुनुपर्ने बताए । उनले कार्यविधि कडाइकासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०८० पुस १७ मंगलवार १०:५८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...