back
CTIZAN AD

एकीकृत समाजवादीले दियो उम्मेदवार छनोटको जिम्मेवारी नेतात्रयलाई

वि.सं.२०८० पुस २१ शनिवार

1.4K 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको छ ।

पार्टीको आज बसेको बैठकले उम्मेदवार छनोट गर्न तीन नेतालाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । निर्वाचनका लागि पार्टीले कुन प्रदेशमा कति सिट सङ्ख्या प्राप्त गर्ने सम्भावनाका विषयमा गठबन्धनको बैठकमा छलफल गर्ने जिम्मेवारी बैठकले नेतात्रयलाई दिएको छ ।

नेकपा (एमाले)ले सत्ता गठबन्धनसँग सो निर्वाचनमा सिट मागेको विषयमा पनि छलफल गरिएको बैठकले प्रतिपक्षलाई सिट दिन नहुने निष्कर्ष निकालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

 

वि.सं.२०८० पुस २१ शनिवार २०:०८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...