back
CTIZAN AD

यातायातसम्बन्धी विधेयक सरकारले अगाडि बढाउँछ : मन्त्री ज्वाला

वि.सं.२०८० पुस २१ शनिवार

1.1K 

shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्को आगामी अधिवेशनमा यातायातसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिएको बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटनमा मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक र सवारी तथा यातायातसम्बन्धी विधेयक अगाडि बढाउने बताएका हुन् ।

सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न भएकाले सो ऐन समयानुकूल हुनेगरी परिमार्जनका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिए ।

महासङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले ट्रक व्यवसायको सिलसिलामा पार्किङको समस्या हुने गरेको, भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी मर्कामा परेको भन्दै त्यस्ता समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

वि.सं.२०८० पुस २१ शनिवार २२:०१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...