back
CTIZAN AD

देउसी, भैलो खेलेर सरस्वती मन्दिर निर्माण

वि.सं.२०८० पुस २२ आइतवार

1.3K 

shares

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यामिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ ।

दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो । देउसी, भैलोबाट रु दुई लाख तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको उनकोे भनाइ थियो । त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले देउसी, भैलोबाट उठेको रकमले विद्यालयमा ट्रष्ट निर्माण गर्न लागेको छ ।

देउसी, भैलोबाट रु चार लाखभन्दा बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसी, भैलोमा सक्रिय सहभागिताले भौतिक संरचना निर्माणमा थप ऊर्जा मिलेको उनले बताए ।

वि.सं.२०८० पुस २२ आइतवार १५:२४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...