back
CTIZAN AD

गुठी पीडितको समस्या समाधान छिट्टै हुन्छ : मन्त्री चौधरी

वि.सं.२०८० पुस २३ सोमवार

1.3K 

shares

काठमाण्डौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले स्वर्गद्धारी गुठी पीडितहरुको समस्या छिट्टै समाधान हुने बताएकी छिन् । सोमबार आफ्नो समस्या लिएर मन्त्रालय पुगेका पीडितहरुसँग कुराकानी गर्दै मन्त्री चौधरीले पीडितहरुको समस्या समाधान छिट्टै गर्ने बताएकी हुन् ।

‘मैले देशैभरका भूमीहिन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा निरन्तर काम गरिरहेको छु । तपाईँहरुको समस्याका बारेमा म पहिल्यैदेखि अवगत नै छु’, मन्त्री चौधरीले आश्वासन दिँदै भनिन्, ‘तपाईँहरु ढुक्क हुनुस् जतिसक्दो छिटो तपाईँहरुको समस्या समाधान गर्नका निम्ती म लागिरहेको छु ।’

मन्त्रीले दिएको आश्वासन समयमै पूरा नगरे पीडितहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । ‘हाम्रो मागहरु तत्काल पूरा गरेर हाम्रो समस्या समाधान नगरे आगामी माघ १० गतेदेखि हामी चरणबद्ध आन्दोलन गर्नेछौँ’, पीडितको प्रतिनिधित्व गर्दै प्रविन चौधरीले भने ।

यस्तो छ पीडितहरुको माग :
१. पीडितहरुले पुस्तौंदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदतांवाल (कुत बुझाएको तर मोही नजनिएको) मोहीका नाममा कम्तिमा ७५ प्रतिशत जमिन रैकर सरह दर्ता गरि जग्गाको जग्गाधनी प्रमाण पुर्जा दिइनुपर्दछ । र बाँकी २५ प्रतिशत सरकारी दररेटमा किस्ताबन्दीमा किसानलाई नै किन्न दिइनु पर्ने माग राखेका छन् ।

२. गुठी जमिन कमाई आएका किसानले बुझाउनुपर्ने जिन्सी या अन्य भुक्तानी २०७२ सालभन्दा पहिलेको पूर्णत मिनाहा हुनुपर्दछ । र त्यसपछिको बाँकी कुतको हालसम्मको कुल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था गरिनुपर्दछ ।

३. विभिन्न बहानामा मोहरी निष्कासन गरिएको तर कुतवाली बुझाई आएका किसानलाई मोही पुर्नवहाली गरी मोही सरह जमिन दिइनुपर्दछ ।

४. गुठीका नाममा देखिएका किसानले जोति आएका तर मोही नलागेका जमिन किसानकै नाममा दर्ता गरिनुपर्दछ । १ नम्बर लगतमा समावेस भएका सम्पूर्ण किसानलाई मोही सरहको मान्यता दिइनुपर्छ ।

५. मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजस्वको स्थायी कोष बनाएर सोको व्याज आम्दानीले आश्रमको व्यवस्थापन गर्नुपर्दछ ।

वि.सं.२०८० पुस २३ सोमवार १४:३४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...