back
CTIZAN AD

भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाद्वारा सडक मर्मत

वि.सं.२०८० माघ ३ बुधवार

1K 

shares

भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताईन् । सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनिकोे भनाइ छ ।

“बजार क्षेत्रको सडक बिगँ्रदा दुर्घटना जोखिम बढेको अवस्था थियो”, उनिले भनिन्, “सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु ।”

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिनुभयो । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।

वि.सं.२०८० माघ ३ बुधवार ११:१९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...