back
CTIZAN AD

भ्रष्ट चुनाव प्रणालीको अन्त्य गर्न बुद्धिजीवीहरुको सुझाव

वि.सं.२०८० माघ ७ आइतवार

1.8K 

shares

पुर्व १ नं प्रदेशका बुद्धिजीवीहरुले सरकारलाई भ्रष्ट चुनाव प्रणालीको अन्त्य गर्न सुझाव दिएका छन् ।

नेपाल बुद्धिजीवी संगठन कोशी (१ नम्बर ) प्रदेश द्धारा आयोजित भ्रष्टाचार बिरुद्ध शुसासन प्रवर्धनका चुनौती बिषयक विचार गोष्ठीमा सहभागी बुद्धिजीवीहरुले सरकारलाई शुसासनको मिसनमा अडिग रहन अनुरोध गर्दै भ्रष्ट चुनाव प्रणालीको अन्त्य एवं फजुल खर्च घटाउन सुझाव दिएका हुन ।

उनीहरुले सल्लाहाकार, नीजी सचिवालय र स्वकीय सचिवालयको पछिललो कटौतीलाई सकरात्मक ठान्दै अनावश्यक स्वकीय नराखेर फजुल खर्च कटौती गनुपर्ने धारणा समेत राखेका थिए ।

शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, राजनीतिक दल, संघसंगठन लगायतका ६० जना बौद्धिक व्यक्तित्वहरु सहभागी रहेको सो कार्यक्रममा कार्यपत्रका मूलभूत विषयवस्तु तथा भ्रष्टाचारको कारण र सुशासनको अनिवार्यता बारे निकै उत्साहजनक रुपमा धारणा राखिएका थिए ।

सो संगठनकी नेतृ तथा कार्यक्रमकी अध्यक्ष राधिका ओझाले कार्यपत्रको सारांश पढेर सुनाएपछि प्रा. कृष्ण पोख्रेल तथा राम रिझन यादवले कार्यपत्र माथि रचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा उपस्थित बुद्धिजीवीहरुले यसका मूलभूत विषयमा आआफ्नो विचार सहित व्यापक छलफल र अन्तरक्रियामा भाग लिएका थिए ।

गोष्ठीले कार्यपत्रको सान्दर्भिकता उजागर गर्दै भ्रष्टाचार मुलुकको प्रमुख चुनौती भएको र यसको अन्त्यका लागि सरकारले कडा नीति तथा कार्यक्रम ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । भ्रष्टाचार राज्यको तल्लो तह देखि माथिल्लो तहसम्म मौलाउदै गएको खासगरी कर्मचारीतन्त्र र राजनीतिक दल भित्र यो गम्भीर समस्याको रुपमा रहेको पनि उजागर गरेको छ । पछिल्लो समयका सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानले जनतामा निकै आशा पलाउदै गएकोमा हाल यो कार्यक्रम सेलाउदै गरेको व्यापक गुनासो पनि व्यक्त भएको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिको लागि सरकार, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सबैले आआफ्नो ठाउबाट पुर्ण संकल्पका साथ लाग्नुपर्ने, भ्रष्ट चुनावी प्रणालीको अन्त्य, अनावश्यक भिआइपि र स्वकीय सचिव जस्ता पदहरु खारेजी, व्यक्तिवाद, परिवारवाद, विचौलियातन्त्रको अन्त्य हुनुपर्ने, भ्रष्टाचारको रकमलाई उत्पादन तथा रोजगारमूलक क्षेत्रमा लगानी गरि अर्थतन्त्रलाई सबल बनाउनुपर्ने विषय निकै चर्को रुपमा उठेको छ ।

सो संगठनका प्रदेश सचिव घनश्याम शर्माको संचालन, प्रदेश उपाध्यक्ष संगिता पोख्रेलको स्वागत मन्तव्य र केन्द्रीय सदस्य जंगराज गिरीले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा उठेका विषयहरुको लेखनकार्य प्रदेश उपाध्यक्ष तिलक कालिकोटेले गरेका थिए । कार्यक्रममा भोजपुर, खोटाङ, झापा, मोरङ, सुनसरी लगायतका बौद्धिक व्यक्तित्वहरुको निकै राम्रो उपस्थिति रहेको थियो ।

प्राविधिक कारणले कार्यपत्र लेखक तथा सो संगठनका फ्याक्सन इन्चार्ज एवं कार्यक्रमका प्रमुख अतिथि खिमलाल देवकोटा, केन्द्रीय संयोजक कृष्ण के. सी. र सहसंयोजक निलकण्ठ तिवारी उपस्थिति हुन नसकेको जनाईएको थियो ।

वि.सं.२०८० माघ ७ आइतवार ०८:३५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...