back
CTIZAN AD

रड प्रहार गरि चौधरीले गरे आफ्नै श्रीमतीकाे हत्या

वि.सं.२०८० माघ ७ आइतवार

918 

shares

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् ।

स्थानीय मीना थापा र शिला चौधरील रड प्रहार घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिईन् ।
रुखबाट लडेर महिलको मृत्यु

रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइृन् । बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेको थियो ।

उनिको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो ।

त्यसैगरी दाङमा बहुविवाह गरेकामा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार उनलाई घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकलरूपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन् ।

वि.सं.२०८० माघ ७ आइतवार ०९:०२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...