काठमाडौं । साताको पहिलो दिननै सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो कारोबार अर्थाथ शुक्रबारको दिन छापावाला सुन तोलाको १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी मूलय भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८० माघ ७ आइतवार ११:३१ मा प्रकाशित






























