back
CTIZAN AD

क्यानडा र क्रोएशिया पठाइदिन्छु भनेर ठगी गर्ने तीन महिलासहित ७ पक्राउ

वि.सं.२०८० माघ ११ बिहीवार

1.5K 

shares

काठमाडौं । क्यानडा र क्रोयशिया पठाइदिन्छु भनेर सर्वसाधारणबाट ठूलो रकम ठगी गर्ने सातजना पक्राउ परेका छन् ।
प्रहरीले क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई पपक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा–९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्य प्रदेश भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौरलाई मंगलवबार प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई अन्तर्वार्ता लिई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पार्वती सुनार समेतले छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकाली दिन्छ, विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने, उक्त रकम अन्तर्वार्ता पास भएपछी दिनुपर्ने र अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ उठाई अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।\

त्यस्तै क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई पपनि प्रहरीले पपक्राउ गरेको छ ।

श्रेष्ठले वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२८ बागबजारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० माघ ११ बिहीवार १४:०५ मा प्रकाशित

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...