back
CTIZAN AD

‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’

वि.सं.२०८० माघ १५ सोमवार

1.1K 

shares

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताएका छन् ।

प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तक्र्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।

विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे । बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उहाँले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।

चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता÷कार्यकर्ताका भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।

 

वि.सं.२०८० माघ १५ सोमवार ११:४३ मा प्रकाशित

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...