back
CTIZAN AD

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि ओख्रे प्रथम

वि.सं.२०८० माघ १६ मंगलवार

933 

shares

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ । चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं २ ओख्रेडाँडागाउँको उक्त विद्यालय प्रथम भएको हो ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित छोरम्बूस्थित शान्ति मावि दोस्रो भएको छ भने तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित डाँडाखर्कस्थित सरस्वती मावि तेस्रो भएका छन् । माघ १२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १५, रु १२ र रु नौ हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिए । विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले पुरस्कार प्रदान गरे ।

अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । तेह्रौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो ।फाइल फाेटाे

वि.सं.२०८० माघ १६ मंगलवार १६:४३ मा प्रकाशित

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...