काठमाडौँ । साताको चौंथो दिन सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो १ लाख १८ हजार ५० रुपैयाँमा कायम भएको थियो ।
चाँदीको मूल्य आज स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० माघ १७ बुधवार ११:३९ मा प्रकाशित






























