back
CTIZAN AD

टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : महामन्त्री थापा

वि.सं.२०८० माघ १८ बिहीवार

939 

shares

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक भएको बताएका छन् । आज महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक भएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताएका हुन् ।

“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्” महामन्त्री थापाले भने, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेसी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभइ ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।” कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उनले दृढता जनाए ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजविजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आफुबाट भइरहेको उल्लेख गरे । महामन्त्री थापाले आज महोत्तरीका भ्रमरपुरा (लोहारपट्टी नगरपालिका), कारिखमहाराजस्थान पडौल (बलवा नपा) र भोलही (मनराशिशवा नगरपालिका)मा पार्टीका अगुवा नेता र सर्वसाधारण जनतासँग दोहोरो संवाद गरे ।

फाइल फाेटाे

वि.सं.२०८० माघ १८ बिहीवार २२:१९ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...