back
CTIZAN AD

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरण : सिआइबी भन्छ-अरु पनि तानिन सक्छन्

वि.सं.२०८० माघ १९ शुक्रवार

2.4K 

shares

काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा संलग्न अन्य व्यक्ति पनि तानिन सक्ने सिआइबीले जनाएको छ ।

बिहीबार सोहि जग्गा हिनामिना प्रकरणमा उद्योगपति तथा सांसद विनोद चौधरीका भाइ अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण थापालाई पक्राउ गरेको सिआइबीले शुक्रबार त्यसबारेमा जानकारी दिने क्रममा उक्त कुरा बताएको हो ।

सिआइबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले तीन महिना बढीको अनुसन्धानपछि जग्गा हिनामिनाको आरोपमा चौधरी र थापालाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता अधिकारीले हाल चौधरी, थापा र चाँदबाग रेसिडेन्सीका संचालक सदस्य संजय ठाकुरलाई पक्राउ गरिएको र अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति पनि कानुनको दायरामा आउन सक्ने उनले बताए ।

उनले जग्गा सम्बन्धीत व्यक्तिहरुलाई दिने विषयमा राजनीतिक रुपमा कसैको संलग्नता वा सरकारको निर्णय भएको नपाइएको उनले बताए ।

कारखानाका तत्कालीन अध्यक्ष थापाले उक्त जग्गा कम्पनीलाई दिएको र महालेखा परीक्षकले दिएको प्रतिवेदनमा पनि उक्त जग्गाका विषयमा अपारदर्शी भनेको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

के छ सिआइबीको विज्ञप्तिमा ?
मालपोत कार्यालय डिल्ली बजारको मिति २०३७ को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लि.को नाममा श्रेस्ता कायम भएको काठमाडौं जिल्ला साविक नगर २२ (छ) कि.न. ५० को १८–३–२–० जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णय विना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै पनि अधिकार नभएको अवस्थामा तत्कालिन कारखाना प्रमुख अजित नारायण थापाले कानुन विपरित अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवेयर लि. नामक कम्पनी खडा गरी सो कम्पनीको जाँरी पुँजी ५० लाख को २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनि कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौं साविक नगर २२ (छ) कि. नं ५० को १८–३–२–० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘च्याम्पियन फुटवेयर प्रा.लिको जारी पुँजी ५० लाख ५० हजार लगानी गर्नुपर्नेमा २६,००,२७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याइ, आफुहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी आपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागि निम्न मानिसहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहको छ ।’ विज्ञप्तिमा थप उल्लेख छ ।

बिहीबारै पक्राउ परेका थिए चौधरी, थापा र ठाकुर
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले बिहीबार कारखानाका तत्कालीन अध्यक्ष ८० वर्षीय अजित नाराायण सिंह थापा, तत्कालिन फुटवयेर लि. प्रा.लि का शेयरधनी तथा संचालक तथा हाल सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक ६० वर्षीय अरुण कुमार चौधरी र च्याम्पियन फुटवेयर प्रा.लि÷सि.जि चाँदवाग रेसिडेन्सी प्रालिका संचालक ४५ वर्षीय संजय ठाकुरलाई उक्त जग्गा हिनामिना प्रकरणमा पक्राउ गरेको थियो । सरकारी कागजात अनुसार अरुण चौधरी र उनकी पत्नी शिला चौधरीको नाममा रहेको उक्त १० रोपनी जग्गामा हाल चााँदबाग स्कुल संचालनमा भइरहेको छ ।

पक्राउ परेका चौधरी र थापा अस्पतालमाा
जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी र थापा अहिले अस्पतालमा भर्ना भएका छन् ।

जिल्ला अदालत काठमाडौंबाट बिहीबारै ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइको प्रहरीले बिहीबारै हिरासतमा नराखी अस्पताल भर्ना गरेको थियो । अदालतबाट हिरासतमा राखेर अनुसन्धान अनुमति लिइएका चौधरी र थापाद्धयले स्वास्थ्यमा समस्या देखाएपछि प्रहरीले अस्पताल लगेको थियो ।

८० वर्षीय थापालाई मुटुको समस्या रहेको र ६० वर्षीय चौधरीलाई रक्तचापको समस्या रहेको बताइएको छ ।
बिहीबार उक्त प्रकरणमा पक्राउ परेका उनीहरुलाई महाराजगन्जस्थित चिरायु अस्पतालबाट थप उपपचारका लागि ग्राण्डी अस्पतालमा रेफर गरिएको बताइएको छ ।

चौधरी र थापापछि सीजी चाँदबागका अध्यक्ष ठाकुर पनि पक्राउ

बासबारी छाला जुत्ताको जग्गा हड्पेको आरोपमा व्यवसायी चौधरी पक्राउ

 

 

 

 

 

 

 

वि.सं.२०८० माघ १९ शुक्रवार १६:४१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...