back
CTIZAN AD

कांग्रेसद्वारा १० विभिन्न समितिमा संयोजक चयन

वि.सं.२०८० माघ १९ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधानको धारा १७ (३) बमोजिम काम गर्न १० विभिन्न समितिका संयोजक चयन गरेको छ ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याल, कानुन न्याय तथा मानवअधिकार समितिमा नागिना यादवलाई चयन गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोखिम (लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई चयन गरिएको छ ।
तयसैगरी राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गर्दै गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका थिए । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्न निर्देशन गरेको छ ।

प्रमुख सचेतक लेखकका अनुसार बैठकमा संविधानको व्यवस्था बमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको सम्बन्धमा छलफल भएको जानकारी दिए ।

बैठकले संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न साथै संसद्मा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा बजेटको थप व्यवस्था गरी योजना सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले संसद्को आगामी अधिवेशनमा संसद्मा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसद्भित्र रहेका सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।

यसैगरी संसद् र समितिका बैठकहरूमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने र बैठकमा उठेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिई संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भएको हुँदा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालु रहेको समयमा कांग्रेस संसदीय दलका सदस्यलाई राजधानी बाहिर नजान आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले राजधानी बाहिर जानुपरेमा कारणसहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने बैठकको निर्देशन छ ।

साथै बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

 

 

वि.सं.२०८० माघ १९ शुक्रवार २१:०६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...