back
CTIZAN AD

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

वि.सं.२०८० माघ २१ आइतवार

879 

shares

उदयपुर । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरेको उद्योग प्रशासनले जनाएको छ ।

दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गरेपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् ।

उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन ुगरेपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् ।

उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताए उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले जानकारी दिए । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाएको उनले बताए ।

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै महाप्रबन्धक बस्नेतले भने, “शनिबार प्रधानमन्त्रीले अनुगमनपछि उद्योग सुधारका लागि प्रतिबद्धता जनाएका छन् । अब उद्योग सुधारका लागि सरकारको नीति कार्यान्वयन गर्दै पहिलाको अवस्थामा नै फर्काउने प्रयत्न गर्नेछौँ । यसमा उद्योग प्रशासन पनि कटिबद्ध छ ।”

प्रधानमन्त्री दाहालले उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भने, “दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।”

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत तथा कांग्रेस उदयपुर पार्टी सभापति हिमाल कार्कीले भने, “प्रधानमन्त्रीले उद्योग सुधारमा प्रतिबद्धता जनाउनुका साथै नयाँ योजनाअनुसार अघि बढ्ने बताउनुभएको थियो ।”

जिल्लास्थित नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, माओवादी केन्द्रका सचिव किरण राई, स्वतन्त्र बुद्धिजीवी तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका पूर्वक्याम्पस प्रमुख रमेश रोकालगायतले प्रधानमन्त्री दाहालले दिनुभएको प्रतिबद्धतापछि स्थानीयमा उद्योगले पुनःजीवन पाउने आश जगाएको बताए ।

विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले विसं २०४७ देखि नियमित उत्पादन गर्न सुरु गरेको थियो ।

विसं २०५० देखि २०६७ सम्म उद्योगले दैनिक आठसय मेट्रिक टन अर्थात् १६ हजार बोरा गैँडाछाप सिमेन्ट उत्पादन गर्दै आएको थियो । विसं २०६७ देखि २०७४ सम्म उत्पादन क्षमता वृद्धि गरेर नौ सय मेट्रिक टन अर्थात् अठार हजार बोरा सिमेन्ट उत्पादन गर्दै आए पनि हिजोआज उद्योग जीर्ण हुँदै गएपछि महिनामा एक हप्ता राम्ररी सञ्चानन हुन सकिरहेको छैन ।

झन्डै पाँच सय श्रमिक र कर्मचारीले रोजगारी पाइरहेको उद्योगले दैनिक २० लाखदेखि २५ लाखको सिमेन्ट उत्पादन गरेर आम्दानी गर्दै आएको प्रशासन बताउँछ । एक वर्षयतादेखि उद्योग सञ्चालनमा समस्या भइरहेको, अधिकांश मेसिनरी सामान जीर्ण अवस्थामा रहेका, व्यवस्थापनलगायत काममा समस्या आइरहेको उद्योगका कर्मचारी तथा मजदुर बताउँछन् ।

वि.सं.२०८० माघ २१ आइतवार १६:४० मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...