back
CTIZAN AD

पातीहाल्नेमा हिउँ खेल्नेको घुइँचो, दैनिक चार सय भन्दा बढी पर्यटक

वि.सं.२०८० माघ २१ आइतवार

1.2K 

shares

ढोरपाटन (बागलुङ) । बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका कारण तीन दिनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन । हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन ।

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए । पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन् । पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ । शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको उनले बताए ।

“पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन”, उनले भने, “आज विहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ ।”

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए । “बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जु¥यो”, उनले भने, “हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन ।”

उनले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाए । “बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो”, उनले भने ।

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ । हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आएका महेश बुढाथोकीले बताए । आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए ।

 

वि.सं.२०८० माघ २१ आइतवार १६:५६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...