back
CTIZAN AD

धुलो र हिलोले नरोकेको खेलाडीको उत्साह

वि.सं.२०८० माघ २१ आइतवार

798 

shares

गलकोट (बागलुङ) । पछिल्लो दुई वर्षय सुस्ताएको बागलुङको खेलकूद गतिविधिले फेरि तीव्रता पाउन थालेको छ । पुस लागेपछि स्थानीय तहले समेत राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दा स्थानीय तहमै खेलको रौनकता बढेको हो ।

खेलको गतिविधि बढे पनि पूर्वाधार अभावको समस्या भने ज्यूँका त्यूँ नै छ । पूर्वाधार अभावकाबीच कति स्थानीय तहले साँघुरो मैदानमा खेल खेलाए भने कतिले सडकमै विद्यार्थी दौडाए । खेल पूर्वाधारको अभाव स्थानीय तहमा मात्रै होइन जिल्लास्तरमा समेत खड्किएको विषय हो ।

स्थानीय तहबाट छनोट भएर जिल्लास्तरीय प्रतियोगितामा आएका खेलाडी बाङ्गेचौर खेल मैदानमा उत्साहपूर्ण सहभागी जनाउँदै आएका छन् । तर उनीहरुले स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा पूर्वाधारका हिसाबले खासै अन्तर पाउन सकेका छैनन् ।

माघ लागेसँगै बाङ्गेचौर खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता, बागलुङ युनिटी सेभेन ए साइड प्रतियोगिता, अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने हाल बाङ्गेचौर खेल मैदानमा प्रेस चौतारी कप चलिरहेको छ । जिल्लाकै ठूलो खेल मैदानका रुपमा रहेको बाङ्गेचौरमा भने पूर्वाधारको अभावमा खेलाडीहरु धुलोे र हिलोमै खेल्न बाध्य छन् ।

जिल्लाको दुर्गम गाउँमा हिलो र धुलोे मैदानमा खेलेका विद्यालयस्तरका खेलाडीले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा पनि पूर्वाधार अभाव भोग्न बाध्य छन् । खेलाडी भने धुलो र हिलोमै पनि उत्साहपूर्ण रुपमा सहभागिता जनाउँदै आएका छन् ।

आदर्श विद्यामिन्दर विद्यालयका फुटवल खेलाडी सोहम सुनार ठूलो पूर्वाधार नभए पनि कम्तीमा हिलो र धुलोमा खेल्न नपरे हुन्थ्यो भन्छन् । “हामीले हरियाली दूबो रोपेकै मैदान चाहिन्छ भनेका छैनौँ, तर जिल्लास्तरीय खेलकुद प्रतियोगिता अलिक स्तरीय होस् भन्ने चाहेका मात्रै छौँ”, उनले भने ।

उनले बाङ्गेचौर खेलमैदानमा धुलोेले खेलाडी नै नचिनिने बताए । “धुलोेले प्रष्टसँग देख्न सकिन्न, दमकलले धुलोे मारेपछि केही बेर सहज हुन्छ त्यसपछि अवस्था उस्तै हुन्छ”, सुनारले भने “कम्तीमा धुलो नउड्ने मैदानमा खेल्न पाएहुन्थ्यो र”

धुलोेमा खेलेका खेलाडीमा श्वाप्रश्वासको समस्या देखिने गरेको छ । फुटवल खेलाडी सङ्गम सेट्टी धुलोका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताए । बाङ्गेचौर खेलमैदानमा पछिल्लो दुई महिनायता नियमित खेलका गतिविधि भइरहेका छन् । तर धुलोेका कारण खेलाडी र दर्शकले सास्ती भोग्दै आएका छन् । खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा समेत छैन ।

जिल्ला फुटबल सङ्घ बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले खेल पूर्वाधार अभावकाबीच खेलकुदका गतिविधिले तीव्रता पाएको बताए । उनले खेल क्षेत्रबाट बागलुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि पूर्वाधार भने अभाव रहेको बताए । बाङ्गेचौर खेलमैदानलाई आधारभूत रङ्गशाला बनाउन बजेट आए पनि जग्गा व्यवस्थापनको समस्याका कारण बजेट फिर्ता भएको बताए । उनले खेल पूर्वाधारमा स्थानीय तहले समेत लगानी बढाउनुपर्ने सझाव व्यक्त गरे ।

“फुटबल सङ्घले अस्थायी प्याराफिट बनाएको छ, मञ्चको व्यवस्था मिलाएको छ, तर मुख्य कुरा मैदान व्यवस्थापन गर्न नसकिएकै हो, हिउँदमा धुलाम्मे भएको मैदान बर्खामा घाँसले भरिन्छ”, लामिछाने भने, “धौलागिरि क्षेत्रलाई समेटेर यहाँ रङ्गशाला बनाउन सकेमा खेलाडीलाई राहत हुन्थ्यो, धुलोेमा लडिबुडी गर्दै खेलाडी मैदानमा जुँधिरहेका हुन्छौँ ।”

बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउन काम थालिए पनि रुख कटान नहुँदा निर्माण भइसकेका पूर्वाधार अलपत्र छन् । नियमितजसो भइरहने प्रतियोगिताले खेल क्षेत्रमा उत्साह थपे पनि पूर्वाधारमा राज्यले लगानी नगरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । “मुख्य कुरा खेलमैदान हो, मैदानलाई कम्तीमा हरियाली बनाउन सकेमा ठूलो राहत हुन्छ”, खड्काले भने ।

वि.सं.२०८० माघ २१ आइतवार १७:१० मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...