back
CTIZAN AD

जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

वि.सं.२०८० माघ २२ सोमवार

1K 

shares

ढाका । बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले वढि हो ।

सन् २०२३/०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी) ले जनाएको छ ।

निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।

बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो ।

बङ्गलादेशले आर्थिक वर्ष २०२३/०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ ।

यसमा तयारी पोशाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८० माघ २२ सोमवार १६:४१ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...