back
CTIZAN AD

एनआइसियुका छुट्याइएको बजेट अपुग

वि.सं.२०८० माघ २२ सोमवार

954 

shares

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा सरकारले नवजात शिशु सघन कक्ष (एनआइसियु)का लागि छुट्याउने रकम ५० प्रतिशतभन्दा बढीले अपुग हुने देखिएको छ ।

परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो । सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ ।

एनआइसियु छ दिन उपचार गर्दा औसतमा प्रतिविरामी रु १८ हजार चार सय ९० खर्च हुने र अपुग रु १० हजार चार सय ९० अपुग अस्पतालले नै बेहोर्दै आएको अध्ययनमा देखिएको छ ।

अनुसन्धानकर्ता उत्तम दवाडीले अध्ययनमा उक्त खर्च बाहेक बिरामीको व्यक्तिगत रुपमा थप औसत रु २९ हजार चार सय ८५ खर्च हुने गरेको देखिएको छ ।

यसरी एनआइसियूमा छ दिन उपचार गर्दा रु ४७ हजार नौ सय ७५ खर्च हुने गरेको देखिएको छ । बिरामी गर्ने व्यक्तिगत खर्च औषधिमा रु १५ हजार ८३ र अस्पताल आवतजावत र बिरामी भेटन आउने व्यक्तिको समयबापतका औसतमा रु सात हजार तीन ८५ खर्च हुने देखिएको अनुसन्धानकर्ता दवाडीले बताए । बिरामीले आफ्नो व्यक्तिगत खर्चमा सबैभन्दा बढी शय्या, औषधि र प्रयोगशालामा खर्च गर्ने गरेका छन् । अस्पतालको खर्च भने सबैभन्दा बढी मानव संशाधनमा हुने गरेको पाइएको छ ।

परिषद्ले उपत्यका बाहिर कैलालीको सेती प्रादेशिक अस्पताल र चितवनस्थित भरतपुर अस्पताल र उपत्यकाभित्रका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ह्याम्स अस्पताल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा एनआइसियुमा उपचार गरिरहेका बिरामीको आर्थिक लागतको अध्ययन गरेको थियो ।

अध्ययनमा उपत्यकाभित्रका अस्पतालमा भने लागत झनै बढी भएको पाइएको थियो । उपत्यकाभित्र एनआइसियुमा एउटा बिरामीको उपचारमा व्यक्तिगत खर्च औसत रु ३९ हजार दुई हजार ५० र अस्पतालको खर्च औसत रु ३३ हजार २९ हुने गरेको छ ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्ले गरेको अध्ययन अनुसन्धान सरकारलाई सुझावका रुपमा बुझाउने गरिएको बताए ।

 

वि.सं.२०८० माघ २२ सोमवार १६:५२ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...