back
CTIZAN AD

भारतको तुलनामा अन्य देशमा निर्यात बढ्यो

वि.सं.२०८० माघ २३ मंगलवार

1.4K 

shares

 

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा भारतको तुलनामा अन्य देशमा हुने निर्यात बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको पुष महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

समिक्षा अवधिमा भारत तर्फको निर्यातमा १२.८ प्रतिशतले गिरावट आउँदा चिन तर्फको निर्यात ३७०.९ र अन्य मूलुक तर्फको निर्यातमा १.३ प्रतिशतले  वृद्धि  भएको राष्ट्र बैंकले जनाएको छ ।

तर, समग्रमा वस्तु निर्यातमा भने ७.२ प्रतिशतले गिरावट आएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात ३२ प्रतिशतले घटेको थियो ।

समिक्षा अवधिमा भारत तर्फको निर्यातमा १२.८ प्रतिशतले गिरावट आउँदा चिन तर्फको निर्यात ३७०.९ र अन्य मूलुक तर्फको निर्यातमा १.३ प्रतिशतले  वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला वर्षहरुमा निर्यात उच्च देखिएका पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैंचा रोजिन लगायतका वस्तुहरुको निर्यात घट्दा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात भने बढेको छ । तर निकासिको ठूलो हिस्सा भारत तर्फ नै हुने भएकोले चिन लगायतका अन्य देशमा निर्यात बढ्दा पनि समग्रमा निर्यात सुचकांकमा खासै असर परेको छैन ।

आयत पनि घट्यो
चालु आर्थिक वर्षको छ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले घटेको छ । गत वर्ष सोहि अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले घटेको थियो ।

भारततर्फबाट भएको आयत २.५ प्रतिशतले खम्चिदा अन्य मूलकबाट भएको आयतमा २५.७ प्रतिशतले गिरावट आएको छ । चिन तर्फबाट भएको आयत भने ३४ प्रतिशतले बढेको देखिएको छ ।

आयत भएका बस्तुहरुमध्ये तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको देखिएको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको देखिएको छ ।

वि.सं.२०८० माघ २३ मंगलवार १५:४३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...