back
CTIZAN AD

अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला

वि.सं.२०८० माघ २३ मंगलवार

957 

shares

एडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल–काथीब क्षेत्रमा दुईवटा हवाई बमबारी भएको बताएको छ ।
स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आक्रमणमा सर्वसाधारणको निधन भएको बताइएको छ भने केही घाइतेहरूलाई तत्काल चिकित्सा उपचारको लागि नजिकैका अस्पतालहरूमा लगिएको छ ।

विगतका घण्टाहरूमा, हुथीको मिडिया आउटलेटहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै पुष्टि गरे अनुसार “अमेरिकी–ब्रिटिश आक्रमणकारी विमानले आइतबार राति होडेडाहका गभर्नरेटहरूमा १५ वटा आक्रमणहरू गरेको बताइएको छ ।“

पछिल्लो हवाई आक्रमणहरू जनवरी १२ देखि वाशिंगटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो । साना र अन्य उत्तरी प्रान्तहरूको हुथी–नियन्त्रित क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ । अन्तरराष्ट्रिय कारबाहीहरू लाल सागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाको रूपमा गरिएको बताइएको छ।

गत नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली जहाजहरू र इजरायल जाने जहाजहरूलाई निशाना बनाएको दाबी गरिएको छ ।

गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्यहरू विकास भएको देखा परेका छन् । साथै स्थिति तनावपूर्ण बन्दै गएको छ तर दुवै पक्षले तनाव कम गर्ने कुनै सङ्केत देखाएको छैन ।(रासस-सिन्ह्वा) फाइल  फाेटाे

 

वि.सं.२०८० माघ २३ मंगलवार १६:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...