back
CTIZAN AD

स्वतन्त्र प्यानल गठन गर्ने महासचिव एन्टोनियो गुटेरेसको घोषणा

वि.सं.२०८० माघ २३ मंगलवार

1.2K 

shares

न्यूयोर्क । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन् ।

गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ ।

एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेन लगायत एक दर्जनभन्दा बढी राष्ट्रहरूले निलम्बन गरेका छन् ।

फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ ।

एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ ।

अल जजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसल बताए ।

यो मूल्याङ्कन संयुक्त राष्ट्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना युएनआरडब्लुए कर्मचारीहरू विरुद्धको प्रारम्भिक आरोपपछि शुरु गरिएको थियो ।

अक्टोबर ७ पहिलो आक्रमणपछि शुरु भएको इजरायल र हमासबिचको युद्ध करिब १,२०० इजरायली मारिए र करिब दुई सय ५० जना बन्धक बनाइए । (रासस ÷एएनआई)

 

वि.सं.२०८० माघ २३ मंगलवार १७:२६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...