काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको रष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाइ संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।
यसअघि आफ्नो कार्यकाल ८ महिना बाँकी छदैं प्रतिनिधि सभाको सचिवबाट राजीनामा दिएर बसेका पाण्डेयको राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले उनलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।
वि.सं.२०८० माघ २३ मंगलवार १७:४७ मा प्रकाशित






























