back
CTIZAN AD

फागुन चार गते टानले संयुक्तरूपमा ल्होसार पर्व मनाउने

वि.सं.२०८० माघ २८ आइतवार

1.6K 

shares

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ । पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस वर्ष आगामी फागुन चार गते संयुक्तरूपमा ल्होसार कार्यक्रम आयोजना गरी पर्व मनाउन लागेको हो ।

टानका द्वितीय उपाध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक धनबहादुर गुरुङले आपसमा मनोरञ्जन र खुसी साटासाट ल्होसार पर्व विगत चारवर्षदेखि मनाउँदै आइरहेको जानकारी दिए । “कोरोना महामारीका कारण चार वर्ष रोकिएको ल्होसारलाई हामीले अहिलेदेखि पुनः निरन्तरता दिन लागेका छौँ”, उनले भने । ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

टानले ल्होसार कार्यक्रमलाई सम्पन्न गर्नका लागि टानका द्वितीय उपाध्यक्ष एव नयाँ पदमार्ग खोज अन्वेषण तथा अध्ययन समितिका संयोजक गुरुङको संयोजकत्वमा कार्यसमितिका सहकोषाध्यक्ष छिरिङदोर्चे शेर्पा, सदस्य कुमार लामा, लाक्पा शेर्पा र कृष्णबहादुर परियार रहेको समितिसमेत निर्माण गरेको छ । टानले यस वर्षको ल्होसार कार्यक्रममा रु २५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

वि.सं.२०८० माघ २८ आइतवार ११:५१ मा प्रकाशित

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...