back
CTIZAN AD

रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

वि.सं.२०८० फागुन १ मंगलवार

1.1K 

shares

दमक (झापा) । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका-५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्दै उनले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिएका हुन् ।

आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन भएको छ । रङ्गशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताए ।

विसं २०६९ देखि निर्माण थालिएको यो रङ्गशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरी रु दुई करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार काम हुनसकेको थिएन ।

वि.सं.२०८० फागुन १ मंगलवार ०८:१४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...