back
CTIZAN AD

सिमकोट-सुर्खेत परीक्षण उडान भर्दै नेपाल एयरलाइन्स

वि.सं.२०८० फागुन ४ शुक्रवार

972 

shares

सिमकोट (हुम्ला) । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

“नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ”, उनले भने, “त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।

सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए । “सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”, उनले भने । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ ।

वि.सं.२०८० फागुन ४ शुक्रवार ११:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...