back
CTIZAN AD

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग कालोपत्र गरिने

वि.सं.२०८० फागुन ६ आइतवार

948 

shares

राँझा (बाँके) । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय रु ७५ लाख बजे कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताए । सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिए । “समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भने, “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”
रासस/फाइल फोटो

वि.सं.२०८० फागुन ६ आइतवार ११:१७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...