काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मुलपानी क्रिकेट खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।
क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।
क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक/एक विकेट लिए ।
फोटो:क्यान
वि.सं.२०८० फागुन ६ आइतवार १३:०० मा प्रकाशित






























