back
CTIZAN AD

गाजाको मध्य क्षेत्रमा इजरायली आक्रमण हुँदा ४० प्यालेस्टिनीको मृत्यु

वि.सं.२०८० फागुन ६ आइतवार

1.4K 

shares

गाजा । गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरि गरिएको इजरायली आक्रमणमा शनिबार कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

उद्धारकर्ताहरूले ४० वटा शवहरू उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि रहेका छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सात अक्टोबर २०२३ मा गाजा पट्टीमा इजरायली युद्ध सुरु भएदेखि मृत्यु प्यालेस्टिनीको सङ्ख्या २८ हजार ८५८ पुगेको छ ।

हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।

आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको सैन्य कारबाहीमा २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दावी गर्दै आएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८० फागुन ६ आइतवार १७:०६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...