back
CTIZAN AD

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : पुटिन

वि.सं.२०८० फागुन ६ आइतवार

939 

shares

मस्को । युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन् ।

क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक–पटक प्रस्तुत गर्दै आएको छ ।

पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भने, “मलाई लाग्छ अझै पनि हामी आफैले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।”

“युक्रेनको मोर्चामा जे भइरहेको छ ः उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,” उनले भने।

पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो । उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गर्नुभएको थियो र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाएका थिए ।

“पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन । “कार्लसन अन्तर्वार्तामा पुटिनको लामो, ऐतिहासिक विचारबारे सोधिएको प्रश्नमा पुटिनले भने ।

उनले भने, “संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३०० वर्षको छ, र मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।” (रासस/एएफपी) 

वि.सं.२०८० फागुन ६ आइतवार १७:१६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...