काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो अर्धठोस वस्तु करिब ८ सय ५५ ग्राम सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।
वि.सं.२०८० फागुन ८ मंगलवार १२:५३ मा प्रकाशित






























