back
CTIZAN AD

कल बाइपास सञ्चालन गर्ने दुई जना पक्राउ

वि.सं.२०८० फागुन १२ शनिवार

1K 

shares

काठमाडौँ । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका–११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाइपास गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट भिओआइपी गेटवे ६४ पोर्टको दुई थान, वाइफाई राउटर एक थान, युपिएस एक थान, एनसेलको सिम पाँच सय ९७ थान, पेनड्राइभ एक थान, मोबाइल दुई थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

फाइल फाेटाे

वि.सं.२०८० फागुन १२ शनिवार २२:५५ मा प्रकाशित

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...