back
CTIZAN AD

सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

वि.सं.२०८० फागुन १२ शनिवार

954 

shares

राजविराज (सप्तरी) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उनको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताए ।

प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री श्रेष्ठले भने, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ । कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् ।”

उनले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । “मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ । आयोग गठन गरी काम पनि गरिरहेका छौँ । सबै पीडितले न्याय पाउनुहुन्छ”, उनले भने ।

फाइल फाेटाे

वि.सं.२०८० फागुन १२ शनिवार २२:२५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...