back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

वि.सं.२०८० फागुन १३ आइतवार

768 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आजका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मङ्गलबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिए ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिएका छन् । आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान ८ः३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भने ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज)पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ । समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उनले बताए । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ । आजै गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरेको छभने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।

वि.सं.२०८० फागुन १३ आइतवार २२:४१ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...