back
CTIZAN AD

श्रमिकहरूको जीउज्यानको सुरक्षामा सांसदको चासो

वि.सं.२०८० फागुन १७ बिहीवार

891 

shares

काठमाडौँ । फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताएका छन् । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको जीउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदुरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताए । उनले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशङ्का व्यक्त गरे । संसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताए ।

सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताए । उनले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने विचार व्यक्त गरे ।

सांसद राजु थापाले गुणस्तर मापनजस्ता विषयमा उद्योगले खेलवाड गर्न नहुने बताउँदै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिए । उनले फलामजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्ने तर नेपालमा भएका फलाम खानीका सम्भाव्यताका लागि सरकारले अध्ययन वा चासो नदेखाएकामा असन्तुष्टि व्यक्त गरे ।

सांसद हेमराज राईले गुणस्तरहीन सामग्रीको प्रयोगले गर्दा भौतिक संरचनामा क्षति पुग्ने उल्लेख गर्दै यसको उचित समाधान खोज्न आवश्यक रहेको बताए । भूकम्पीय जोखिम रहेको देशमा मापदण्ड नपुगेका सामग्रीको प्रयोग हुने भएकाले बनाएका संरचना टिकाउ नहुने अवस्थाको सिर्जना भएकोबारे गम्भीर हुन जरुरी रहेको बताए ।

वि.सं.२०८० फागुन १७ बिहीवार १३:२० मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...