काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँटको मिति तोकेकाे छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले उक्त कम्पनिको आईपीओ आगामी हप्ताको बुधबारसम्म बाँडफाँड गर्ने तयारी भईरहेका जनाएको छ ।
क्यापिटलका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने र त्यसपछि धितोपत्र बोर्डमा आईपीओ बाँडफाँडको लागि स्वीकृति माग गरिने जनाएको छ । बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँट गर्ने र तय भएको मिति तलमाथि भएपनि आगामी साताको अन्तिम दिन सम्म बाडफाँड हुने क्यापिटलले उल्लेख गरेका छ ।
सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो ।
काम्पनिले निष्काशन गरेको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । फागुनको १३ गतेदेखि खूल्ला गरेको आईपीओको अन्तिम दिन भने १६ गते साँझ ५ बजेसम्म रहेको थियो । १६ गतेसम्म १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।
कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०।९० रुपैयाँ रहेको थियो। आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। सेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ताका दरले बाँडफाँट हुनेछ । जसअनुसार ५५ हजार ५ सय २१ जनाले मात्र सेयर पाउने छन् ।
वि.सं.२०८० फागुन १८ शुक्रवार १२:५३ मा प्रकाशित

























