back
CTIZAN AD

मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन आग्रह

वि.सं.२०८० फागुन २१ सोमवार

1.1K 

shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले तीनै तहका सरकार, शैक्षिक संस्था, सामाजिक तथा निजी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवाला निकायलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाउन आह्वान गरेको छ ।

यही फागुन २५ गते ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइने भएको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १६:४१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...