
काठमाडौं । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएपी) आफ्नै कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
मोरङको धनपाल गाउँपालिका ३ मा रहेको सशस्त्र बल गुल्मको गुल्मपति समेत रहेका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।
झुण्डिएको अवस्थामा मृत भेटिएका उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिएका छन् । पाल्पा घर भएका बस्यालको परिवार काठमाडौंमा बस्दै आएको बताइएको छ ।
वि.सं.२०८० फागुन २१ सोमवार १७:२० मा प्रकाशित