काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टी तत्काल नयाँ गठबन्धनमा सहभागी नहुने नेता झलनाथ खनालले बताएका छन् ।
सोमबार दिउँसो बसेको सो पार्टीको बैठकले नेकपा एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले आगामी नीति, कार्यक्रम र चरित्रबारे आफुहरुसँग स्पष्ट रुपमा छलफल गरेपछि मात्र आफुहरुले अन्तिम दृष्टिकोण बनाउने नेता खनालले पत्रकार समक्ष बताएका छन् ।
उनले अहिले नयाँ गठबन्धनलाई पपर्खनु र हेर्नुको अवस्थामा आपफुहरु रहेको पनि नेता खनालले जानकारी दिए ।
कांग्रेस–माओवादी–समाजवादी सहितको गठबन्धनको सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी रहेको र उक्त गठबन्धन टुटिसकेको हुनाले आफ्ना मन्त्रीहरु फिर्ता आउने पनि उनले जानकारी दिए ।
वि.सं.२०८० फागुन २१ सोमवार १७:४२ मा प्रकाशित






























