काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्रसहितका चार दलको नयाँ गठबन्धनबाट मन्त्री बनेका तीनजनाले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले नयाँ गठबन्धनबाट मन्त्री बनेका एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्याललाई मन्त्रीपदको सपथ ग्रहण गराएका हुन् ।
यद्यपी उनहरुको भागमा कुन मन्त्रालय पर्योा भनेर टुंगो लगाइएको छैन ।
एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समिकरण बनाउने सहमति भएअनुरुप हाल तीन पार्टीबाट तीनजना मन्त्री बनेका छन् भने नयाँ गठबन्धनको अर्को दल जसपाले भने मन्त्रीको टुंगो लगाएको छैन ।
त्यसैगरी तत्कालीन कांग्रेससँगको गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीले भने नयाँ गठबन्धनका नीति, कार्यक्रमहरु स्पष्ट नहुँदासम् आफु सहभागी नहुने निर्णय गरेको छ । उसले आफ्ना मन्त्रीहरु फिर्ता बोालाउने निर्णय समेत गरेको छ ।
वि.सं.२०८० फागुन २१ सोमवार १८:०० मा प्रकाशित






























