काठमाडौं । नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ ।
नयाँ गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ ।
चार दलको आज अपरान्ह बसेको बैठकले सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट प्रक्रिया गर्दा मन्त्रालयको विशेषताको आधारमा वर्गिकरण गरी मिलाउने । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग पनि संवाद अगाडि बढाउने सहमति समेत गरेको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार २१:१० मा प्रकाशित






























