back
CTIZAN AD

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न गृहको निर्देशन

वि.सं.२०८० चैत ७ बुधवार

1K 

shares

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

साथै मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको उनले जानकारी दिए । मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर : ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल : meterbyaj@gmail.com तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०८० चैत ७ बुधवार १०:५८ मा प्रकाशित

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...