back
CTIZAN AD

‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना

वि.सं.२०७४ वैशाख २५ सोमवार

834 

shares

२५ वैशाख, काठमाडौँ  । राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना गरेको छ ।

निर्वाचन आयोगको निर्देशनमा स्थापना गरिएको सो समितिले यही वैशाख ३१ गते तथा जेठ ३१ गते हुने सो निर्वाचनमा लैङ्गिक विभेद भए÷नभएको अनुगमन गर्नेछ ।

आयोगका कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिई पहिलो चरणमा हुने ३४ जिल्लाका ६६४२ मतदान केन्द्र तथा त्यसपछि हुने दोस्रो चरणको निर्वाचनमा बाँकी रहेका मतदान केन्द्रमा खटाउने महिला आयोगका सचिव तुलसीराम सेढाईंले जानकारी दिनुभयो ।

देशभर ७४४ मतदान केन्द्र तोकिएको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन तथा संविधानमा व्यवस्था गरिएअनुसारका पदमा महिला सहभागिताको भए÷नभएको समेत सो समितिले अध्ययन गर्नेछ ।

देशभर निर्वाचन सम्पन्न भएपछि अनुगमन गर्दा प्राप्त भएको प्रतिवेदन अभिलेख गरी निर्वाचन आयोगमा पठाइने नवगठित समितिका सदस्यसचिव यमेन्द्र उपाध्यायले बताउनुभयो ।

यसैबीच सोही सचिवालयले करिब १५० लैङ्गिक अनुगमनकर्तालाई आज निर्वाचनमा अनुगमन गर्दा निष्पक्ष भूमिका निर्वाह गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । सो कार्यक्रममा मतदाता शिक्षाका साथै अनुगमनकर्ताले पालना गर्नुपर्ने आचारसंहितासमेत सिकाइएको छ ।

अनुगमन गर्न जाने सङ्घसंस्थाका प्रतिनिधिले मतदान गर्ने केन्द्रबाहेकका स्थानमा मात्र अनुगमन गर्न पाइनेछ । आवश्यक भएमा निर्वाचन पूर्वमतदातालाई निष्पक्षताका साथ मतदानका बारेमा जानकारी दिने तथा बुझाउन निर्देशन दिइएको छ । रासस

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:१० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...