back
CTIZAN AD

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटन सिकार आरक्ष आसपास होमस्टे सञ्चालन गरिने

वि.सं.२०८१ वैशाख ९ आइतवार

747 

shares

ढोरपाटन (बागलुङ) । पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए ।

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ । पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई रु दुई लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले बताए ।

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउँछन् ।

घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । सञ्चालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको उनी बताउँछन् । यस वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिए । पहिलो चरणमा रु ८५ लाख लगानी लगानी गर्न थालेको उनको भनाइ छ ।

“घरबास सञ्चालन गर्न रुचि राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफारिस गरेका व्यक्ति हुनुपर्ने छ, एउटा घरबासका लागि रु दुई लाख ८० हजारसम्म सहयोग हुन्छ, अहिले तत्काल सञ्चालन हुँदै आएको ढोरपाटनका पाँच घरबास सञ्चालकलाई सहयोग गरेका छौँ”, कार्यक्रम संयोजक अर्यालले भने, “अब छिट्टै अन्य उद्यमीलाई पनि हुन्छ, खास गरि ‘इको टुरिज्जम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ ।”

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ ।

ढोरपाटनका कार्यबाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवद्र्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताए । ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उनको भनाइ छ ।
रासस

वि.सं.२०८१ वैशाख ९ आइतवार १३:३८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...