back
CTIZAN AD

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भिन्न ढङ्गले ल्याइने प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ

वि.सं.२०८१ वैशाख ९ आइतवार

834 

shares

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरेको जानकारी दिए ।

उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे । उनले भने, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन ।”

वर्तमान सत्ता समीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।”

पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले यो ऐतिहासिक अवसर भएको बताए । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

“लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।”

त्यस अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्वतीय देशहरुको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैले आयोजना गर्न लागेको जानकारी दिए । उनी धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका छन् ।

वि.सं.२०८१ वैशाख ९ आइतवार १३:५८ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...