back
CTIZAN AD

एमाले प्रतिनिधि परिषद् वैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

वि.सं.२०८१ वैशाख ९ आइतवार

816 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।

सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेका पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

“एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरुपार्टी भन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाई नभइरहेको अवस्था देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइदा इमान्दारहरु पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदनमा पार्टी नेता तथा कार्यकताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा जिल्ला र पालिका तहमा कुल मतदाताको छ प्रतिशत र वडामा न्यूनतम तीन प्रतिशत पार्टी सदस्यता बिस्तार गर्ने उल्लेख छ ।

प्रतिवेदनमा पुराना सदस्यले नवीकरण शुल्क बुझाइसकेको अवस्थामा पनि नवीकरण विवरणमा नाम समावेश नभएको कमजोर देखिएको जनाइएको छ । कतिपय जिल्लाले पार्टी सदस्यता नवीकरणमा ध्यान दिएको नपाइएको विषय पनि उठान गरिएको छ ।

पार्टीले युवालाई नेतृत्व विकास गर्नका लागि प्रत्येक गाउँपालिकाले ५० जना, नगरपालिकाले एक सय जना, उपमहानगरले एक सयल ५० जना र महानगरले दुई सय जना युवा पहिचान गर्दै नेतृत्व विकासको लागि प्रशिक्षण प्रदान गरी पार्टीको काममा जोड्नुपर्ने उल्लेख गरिएको छ ।

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनमाथि विभिन्न छ समूहमा छलफल भइरहेको छ ।

 

वि.सं.२०८१ वैशाख ९ आइतवार १६:१५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...