back
CTIZAN AD

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो

वि.सं.२०८१ वैशाख ९ आइतवार

924 

shares

वीरगञ्ज (पर्सा) । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।

महानगरअन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

सामुदायिक मात्रै होइन, निजी विद्यालयले पनि भर्ना अभियानलाई उत्तिकै प्रथामिकताका साथ अघि बढाएका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताए ।

“यही वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय वरपर रहेका बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ”, उनले भने, “विहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।”

उनका अनुसार गत शैक्षिक सत्रा विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रका अन्य विद्यालयले पनि भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान सुरु गरेको छ ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताए । “महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भने, “शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।” यो भर्ना अभियान वैशाख १५ गतेसम्म चल्ने उनकोे भनाइ छ ।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ ।

गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।

महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताए । “महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो”, उनले भने, “महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।” केही बालबालिकाहरु सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उनको भनाइ छ । “उनीहरुलाई विहान १० देखि ४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ”, उनले भने ।

महानगरका अनुसार विशेष गरी डोम, मुसरलगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (सिएलसी)मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताए । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उनको भनाइ छ ।

महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा तीन हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ ।

 

वि.सं.२०८१ वैशाख ९ आइतवार १६:५५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...