काठमाडौं । चिनियाँ सांस्कृतिक केन्द्र नेपालले चित्रकलालाई सजिब बनाउन सिकाएको छ । केन्द्रले आइतवार काठमाडौंको महारागंज स्थित आफ्नोे कार्यालयमा ‘इनलाइभिङ दि अबजेक्ट’ नामक कार्यक्रमको आयोजना गर्दै चित्रकलालाई सजिब बनाउ सिकाएको हो ।
कार्यक्रममा चिनको बेजिङबाट आएका कुकोङकी सदस्यहरु वाङ सिया र हान यीलिनले प्यालेस म्युजियमका बारेमा जानकारी दिँदै म्युजियममा रहेका विभिन्न चित्रकलाका बारेमा जानकारी प्रदान गरेका थिए । साथै उनीहरुले कुकोङमा भएका चित्रकलाहरुलाई कोरेर किरिङ बनाउन समेत उनीहरुले सिकाएका थिए ।

यस कार्यक्रम मार्फत कुकोङ भएका चित्रकलाहरुलाई बालबालिकाहरुलाई सिकाएर सजिब बनाउने प्रयास गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा एल आर आई स्कुल, कलंकीका करिब ७० जना विधार्थीहरु सहभागी भएका थिए । उनीहरुले कुकोङ भएका चित्रकलाहरुलाई चित्रमा उतारेर किरिङ समेत बनाएका थिए ।

सो कार्यक्रममा एल आर आई स्कुलमा कक्षा १०मा अध्ययनरत जुनियर कल्चर एम्बास्डर क्रिप्सल पन्तको समेत सहभागीता रहेको थियो । एम्बास्डर पन्तले यस्ता कार्यक्रमले नेपाली विधार्थीहरुलाई चीनको संस्कृतीको बारेमा जानकारी दिने बताए । उनले चिनीयाँ भाषा सिक्न यस्ता कार्यक्रमहरुले प्रोत्साहन गर्ने बताए । यस्तो कार्यक्रमले नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउँने उनको बुझाइ छ ।

केन्द्रले नेपाल-चीनसम्बन्धलाई सुमधुर बनाउन यस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । केन्द्रले हाल चिनीयाँ भाषा कक्षा तथा ‘थाई ची’ लगायतका कक्षाहरु समेत संचालन गरिरहेकोे छ ।
वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६ मा प्रकाशित






























